+
+

भारतको महाराष्ट्रमा खुले फिल्म हल

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते १३:२६

भारतको केन्द्रिय सरकारले हल खोल्न अनुमती दिएपछि महाराष्ट्र सरकारले भने अक्टुबर १५ बाट हल खोल्ने अनुमती दिएको थिएन । तर, अब भने महाराष्ट्र सरकारले पनि आजबाट हल खोल्ने अनुमती दिएको छ । करिब ७ महिनापछि महाराष्ट्रमा हल खुलेका छन् ।

तर, हल खुलेपनि ५० प्रतिशत अकुपेन्सीमा संचालकले चलचित्र देखाउनुपर्नेछ । मुम्बइमा कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि हल खोल्ने अनुमती दिइएको हो ।

चलचित्र भवनहरुले सरकारले तयार पारेको सुरक्षा नियमलाई भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ । सरकारले हल खोल्न अनुमती दिएपनि दर्शकको संख्या पनि न्यून रहेको छ । देशभर हल खुलेपनि नयाँ चलचित्र रिलिज नहुँदा दर्शकको संख्या कम भएको छ ।

क्रिसमस अगाडि कुनै पनि नयाँ चलचित्रले रिलिज मिति तोेकेका छैनन् । यसैले, हल संचालकहरुका लागि हल खुलेपनि राहतको श्वास फेर्न अझै एक महिना कुर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?