+
+

अमेरिकी निर्वाचन : ट्रम्पलाई पछि पार्दै जर्जियामा बाइडनको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १६:३९

२१ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेको छ । यसैबीच डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले महत्वपूर्ण मानिएको जर्जियामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबाट पछि परेको अवस्थालाई उल्ट्याउँदै आग्रता कायम गरेका छन् । न्युयोर्क टाइम्सका अनुसार यो राज्यमा अहिलेसम्मको मतगणनामा बाइडनले २४ लाख ४९ हजार ३७१ मत पाएका छन् । त्यस्तै ट्रम्पले २४ लाख ४८ हजार ४५४ मत पाएका छन् । यसअघि यो राज्यमा ट्रम्पले अग्रता लिँदै आएका थिए ।

जर्जियामा जित हात पारे बाइडनलाई राष्ट्रपतिमा निर्वाचित हुन पर्याप्त हुनेछ । सन् २०१६ मा भएको निर्वाचनमा जर्जियामा ट्रम्पले जित हासिल गरेका थिए । यो राज्यमा जित हात पार्ने उम्मेदवारले १६ इलेक्टोरल भोट पाउनेछन् ।

स्रोत : न्युयोर्क टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?