Comments Add Comment

डिप्रेसनको दलदलमा धकेल्दै अनलाइन डेटिङ साइट

काठमाडौं । डिजिटल संसारको प्रवृत्ति दिनप्रतिदिन परिवर्तन हुँदै गइरहेको छ । आधुनिक मान्छेको जीवनमा अपरिहार्य जस्तै भएको सामाजिक सञ्जाल र डिजिटल दुनियाँ लाभदायकमात्रै छैन । यसको हानि समेत धेरै रहेको बताइन्छ । मान्छेको मानसिक स्वास्थ्यसँग समेत जोडिएको यो साइट्सको फाइदाभन्दा बेफाइदा धेरै हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

आजका युवाहरूमा सामाजिक सञ्जालहरूको लत द्रूत गतिमा बढिरहेको छ । भर्खरको एक अनुसन्धानले सामाजिक सञ्जालहरूको उपयोगका फाइदाभन्दा धेरै बेफाइदाहरू रहेको उल्लेख गरेको छ । यस अध्ययनका अनुसार मोबाइल डेटिङको प्रयोगले युवावस्थामा उदासीनता र सामाजिक चिन्तालाई बढावा दिने गरेको देखिएको छ ।

साइबरस्पियोलोजी, बिहेभियर एण्ड सोसल नेटवर्किङ जर्नलमा प्रकाशित उक्त अध्ययनले कसरी सोसल मिडियाहरूले युवावस्थामा भावनात्मक अपाङ्गतालाई बढावा दिइरहेको छ र मानिसहरूलाई उदासीनतातिर धकेल्दै आएको उल्लेख गरेको छ । साथै, यो अनुसन्धानले मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालहरूको हानिकारक प्रभावहरूको बारेमा पनि धेरै कुरा उल्लेख गरेको छ ।

के भन्छ सो अनुसन्धानले ?

यस अध्ययनको लागि इबर्सप्रोलजी, बिहेभियर एण्ड सोसल नेटवर्किङ जर्नलमा प्रकाशित अनुसन्धानका अनुसन्धानकर्ताहरूले विभिन्न उमेर समूहका युवाहरूको समूहका बारेमा समीक्षा गरेका थिए । यसबाट पत्ता लागेको छ कि अनलाइन डेटिङले युवाहरूको आत्मविश्वासमा गहन प्रभाव पारेको छ । यस अनुसन्धानको लागि, शोधकर्ताले करिब १३०० जना कलेजका विद्यार्थीहरूसँग कुराकानी गरेका थिए । सो अध्ययनबाट पत्ता लाग्यो कि धेरै केटा एवं केटीहरू समेत आफ्नो शरीरको आकार र आत्म–विश्वासको बारेमा बढी चिन्तित थिए । त्यस्तै, जसले सामाजिक सञ्जालको प्रयोग गर्दैनन्, उनीहरूमा कुनै ठूलो चिन्ताले नसताएको पाइएको थियो ।

अनुसन्धानले रिपोर्ट गरेको छ कि टिन्डर प्रयोगकर्ताहरूले उनीहरूको शरीरका बारेमा बढी चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् । अनुसन्धान लेखक जेसिका स्ट्रबेल भन्छन यस्ता सामाजिक सञ्जालहरूको प्रयोग गर्ने युवाहरूमा चिन्ताको स्तर बढी देखिएको छ । केही युवाहरू मानसिक असन्तुलनबाट ग्रस्त छन् कि उनीहरूले अब डिप्रेसनको संकेत देखाइरहेका छन् । त्यस्ता युवाहरू बाँकी युवाहरूसँग आफूलाई तुलना गर्न धेरै दुःखी छन् ।

अनलाइन डेटिङबाट आत्मसम्मानमा कमी

जर्नल अफ बडी इमेजमा प्रकाशित २०१७ को एक अध्ययन अनुसार सामाजिक सञ्जालहरूले युवाको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेको हुन्छ । यसको कारणले चिन्ता र तनावको सामना गर्दैछ, उसको जीवनशैलीलाई असर गरिरहेको छ । जीवनशैली प्रभावित भएको कारण तिनीहरूको शारीरिक स्वास्थ्य पनि प्रभावित हुँदैछ ।

युवाहरूको गुनासो छ कि उनीहरूलाई कुनै कारण बिना चिन्ताको महसुस हुने गरेको छ । यो पनि केही युवाहरूबीचको भावनात्मक असन्तुलनको कारणले गर्दा भएको हो ।

मानसिक स्वास्थ्यमा अनलाइन डेटिङको प्रयोगका प्रभाव

अनलाइन डेटिङमा फेला परेका साझेदारहरू प्रायः तपाईंको लागि टाउको दुखाइका पात्र बन्ने गर्छन् । त्यस्तै, यस कारणले गर्दा, मानिसहरू छलको शिकार पनि हुने गर्छन् । यसले तपाईंमा भावनात्मक कष्ट र दुः खलाई निम्ता दिने गर्छ ।

साथै, अनलाइन डेटिङले बढी चिन्ता पैदा गर्छ र निरन्तर मोबाइलमा रहनाले तपाईंको वास्तविक जीवनमा पनि असर गर्न सक्छ । यसले आफैंमा असन्तुष्टिको भावना मात्र पैदा गर्दैन । तर तपाईं आफ्नो परिवार र साथीहरूबाट टाढा पनि हुन सक्नुहुनेछ ।

यद्यपि अनलाइन डेटिङ पछिल्ला दिनमा धेरै सामान्य बन्दै गएको छ । यो प्रयोगकर्ताको स्वास्थ्यको लागि समेत हानिकारक भएकोले अनलाइन डेटिङभन्दा वास्तविक साथीहरू बनाउनु उपयुक्त हुने अनुसन्धानको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment