Comments Add Comment

सेयर बजारमा तीव्र उचारचढाव, नेप्से ४ अंकले बढ्दा ३७० करोडको कारोबार

२४ कात्तिक, काठमाडौं । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने तीब्र उतारचढावकाबीच ४.२२ अंकले उकालो लागेर १ हजार ६ सय ५२ दशमलव ८० अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । ०.६१ अंकले सेन्सेटिभ ओरालो लागेको हो । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत आइतबारको तुलनामा सोमबार बढेर करिब ३७० करोड पुगेको छ ।

दिनभर भएका ४१ हजार ४९ कारोबारबाट १ सय ९५ कम्पनीका १० लाख ३५ हजार ३ सय १३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७ सय २६ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेभ भएको छ । धेरै कारोबार हुने दोस्रो नम्बरमा भने नेपाल दूरसञ्चार प्राधिकरण देखिएको छ । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये आधा रातो आधा हरियो देखिएक छन् ।

व्यापार, फाइनान्स, निर्जिवन बिमा कम्पनी, उत्पादनमूलक साथै माइक्रोफाइनान्स बढेर हरियो देखिएक छन् भने बैंकिङ, होटल, विकास बैंक, हाइड्रोपावर जीवन बिमा र म्युचुअल फण्ड घटेर राताम्मे देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment