+
+

कोभिड भ्याक्सिन : ९० प्रतिशतमा संक्रमण रोक्नसक्ने प्रारम्भीक विश्लेषण

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते २१:१३
Photo Credit : GETTY IMAGES

२४ कात्तिक, काठमाडौं । कोरोना भाइरसविरुद्ध बनेको भ्याक्सिनले ९० प्रतिशत मानिसमा संक्रमण रोक्नसक्ने प्रारम्भीक विश्लेषणले देखाएको छ ।

यो भ्याक्सिन औषधि कम्पनी फाइजर र बायोनटेकले बनाएका हुन् र, कम्पनीले भनेको छ, यो विज्ञान र मानवताका लागि महान दिन हो ।

फाइजरका अध्यक्ष डा. एल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरकामानिसहरुलाई यो वैश्विक संकटबाट बाहिर निकाल्न निकै नजिक पुगेका छौं ।’

साथै यो महिनाको अन्त्यसम्म भ्याक्सिज प्रयोगका लागि आपतकालीन अनुमति माग्दै निवेदन दिइने छ ।

यो भ्याक्सिज हालसम्म ६ देशका ४३ हजार ५० मानिसमा परीक्षण गरिएको छ र, सुरक्षामा कुनै प्रश्न उठेको छैन ।

तर अहिले जुन डाटा आएको छ, त्यो अन्तिम विश्लेषण होइन । यो पहिलो ९४ स्वयंमसेवकको डाटामा आधारित छ, जसमा कोभिड पोजेटिभ पाइएको थियो ।

विश्वमा अहिले दजनौं भ्याक्सिन ट्रायलको अन्तिम चरणमा छन्, जसमध्ये केही फेज थ्रीमा पुगिसकेका छन् । त्यसमा पनि यो भ्याक्सिनले सकारात्मक नजिता देखाएको छ ।

यो भ्याक्सिन तीन साताभित्र दुई जोड दिइनेछ । अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफि्रका र टर्कीमा भएो परीक्षणमा सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसको प्रतिरक्षा प्रणाली विकसित भएको पाइएको छ ।

फाइजरको विश्वास छ कि यो वर्षको अन्त्यसम्म यो भ्याक्सिजन ५ करोड जोड उपलब्ध गराउन सकिनेछ भने २०२१ को अन्त्यसम्म १.३ अर्ब डोज तयार हुनेछ ।

तर यो भ्याक्सिनलाई सबै ठाउँमा पुर्‍याउन चुनौतीपूर्ण छ किनकी माइनस ८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ ।

साथै प्रतिरोधक क्षमताको असर कहिलेस्म्म रहन्छ भन्ने पनि यकिन भइसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?