Comments Add Comment

बलिउड कलाकार आसिफ मृत फेला

२७ कात्तिक, काठमाडौं । बलिउडका अभिनेता आसिफ बास्रा मृत फेला परेका छन् । ५३ वर्षीय आसिफ हिमाञ्चल प्रदेशको धर्मशालास्थित निजी कम्प्लेक्समा मृत फेला परेको बीबीसीले जनाएको छ ।

आसिफले आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । उनले काई पो चे, ब्ल्याक फ्राइडे, जब वी मेट, क्रिस–३, हिच्की, प्रजानीय वन्स अपन अ टाइम इन मुम्बई लगायतका चलचित्र तथा पाताल लोक सिरिजमा अभिनय गरेका छन् ।

१९९८ मा टेलिभिजन सिरियलबाट अभिनय यात्रा सुरु गरेका आसिफले हिन्दी, मलालम, गुजराती, तमिल भाषाका चलचित्रमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment