+
+

गुल्मीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ७ जना घाइते 

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते ९:१८

२८ कात्तिक, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक खेम गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । अन्य २ जना मध्यम र २ जना सामान्य घाइते छन् । घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?