Comments Add Comment

रेडक्रस र कोकाकोलाद्वारा एक करोड ४० लाख सहयोग

४ मंसिर, काठमाडौँ । बहुराष्ट्रिय कम्पनी कोकाकोला र नेपाल रेडक्रस सोसाइटी को साझेदारीमा कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकको सुरक्षा अभिवृद्धिका लागि विभिन्न अस्पताल र स्वयंसेवकलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान आजदेखि शुरु भएको छ ।

विभिन्न अस्पतालमा प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीको कूल मूल्य करिब रु एक करोड ४० लाख बराबरको रहेको छ । यस साझेदारीअन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालमा एकरएक भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिनेछ ।

यो चरणको सामग्री वितरण अभियान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको समुपस्थितिमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरबाट शुरु गरिएको हो । कोकाकोलासँग समन्वय गरेर दोस्रोपटक सहयोग गरेकामा रेडक्रसको प्रशंसा गर्नुहुँदै मन्त्री ढकालले प्रत्येक प्रदेशका ठूला अस्पतालमा भेन्टिलेटरको व्यवस्था गर्ने योजनाअनुसार उपकरण पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

बुधबार सार्वजनिक स्वास्थ्य अध्यादेशले कोभिड महामारीसँगको लडाईंमा सहज हुने अपेक्षा राख्दै हस्तान्तरण समारोहमा मन्त्री ढकालले भने, “विभिन्न अभावकाबीच महामारीसँग लड्नुपर्ने हाम्रो बाध्यतामा सबै सरोकारवालाको साथ र सहयोग प्रशंसनीय रहेको छ ।” रेडक्रस र कोकाकोलाबाट उपलब्ध गराइएको सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजकर्णीकारलाई हस्तान्तरण गरे ।

रेडक्रसका कार्यवाहक अध्यक्ष शर्मिला कार्की, महामन्त्री पीताम्बर अर्याल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल तथा केन्द्रीय सदस्य दीपेन्द्र ढकाल, निर्देशक पवन गुप्ता र कोकाकोलाको तर्फबाट देशीय प्रतिनिधि इरिना कार्की तथा मानव संशाधन निर्देशक हरि शर्मा न्यौपानेको उपस्थिति थियो ।

आज हस्तान्तरण गरिएका सामग्रीमा सय थान सुरक्षा चस्मा, १२० बाकस सर्जिकल मास्क, १५० थान सुरक्षा पोशाक, ५० बाकस पञ्जा, केएन ९५ मास्क २०० वटा छन् । त्यसैगरी आगामी दुई साताभित्र सात प्रदेशका तोकिएका अस्पतालमा भेन्टिलेटर एक—एक थान सहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स एक हजार छ सय थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ४०० र दश हजार जोडी पञ्जा हस्तान्तरण गरिने सो अवसरमा जानकारी दिइयो ।

ती सामग्री कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ ।

“रेडक्रससँग कोकाकोलाको साझेदारीले अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री र बिरामीको उपचारका लागि भेन्टिलेटर प्रदान गर्दछ”, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने ।

रेडक्रस र कोकाकोला नेपालको यो साझेदारी कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न तथा अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीलाई संरक्षण गर्ने एउटा प्रयास भएका नेपाल रेडक्रसकी कावा अध्यक्ष कार्कीको भनाइ थियो ।

रेडक्रसका महामन्त्री अर्यालले कोभिड रोकथाम तथा न्यूनीकरणका लागि सरकार तथा अन्य सरोकारवालासँगको समन्वयमा काम गरिरहेको बताउँदै कोकाकोलासँगको साझेदारीमा पनि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी र कोभिड उपचारको सेवा लिन आउने मानिसलाई सेवा पु¥याउने खालका सामग्री सहयोग गरिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment