+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवनमा कोरोना संक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १५:३१

५ मंसिर, चितवन । चितवनमा कोरोना संक्रमणबाट एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।  चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा सिटी स्क्यान विभागमा कार्यरत भारतको आन्ध्र प्रदेश घर भएका ३५ वर्षीय युवकको बिहीबार दिउँसो उपचारको क्रममा मृत्यु भएको कलेजले जनाएको छ ।

२२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमै उपचाररत रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालको जनसम्पर्क अधिकृत दुर्गा न्यौपानले जानकारी दिए । ‘बचाउने अन्तिम प्रयास गर्दा पनि सकिएन,’ न्यौपानले भने, ‘पुरानो मेडिकल कलेजमा कोरोना संक्रमणबाट मृत्यु हुने उहाँ नै पहिलो प्राविधिक हो ।’ उनको बिहीबार राति नै देवघाटमा अन्त्येष्टि गरिएको न्यौपानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?