+

क्यानको जनरल म्यानेजरका लागि ७ जनासँग अन्तर्वार्ता

२०७७ मंसिर  ७ गते १६:५५ २०७७ मंसिर ७ गते १६:५५
क्यानको जनरल म्यानेजरका लागि ७ जनासँग अन्तर्वार्ता

७ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजरको लागि अन्तर्वार्ता लिएको छ । क्यानले आइतबार अन्तिम छनोटमा परेका ७ क्रिकेट म्यानेजरले अन्तर्वार्ता लिएको जनाएको छ ।

जनरल म्यानेजरका लागि आवेदन परेका ४५ जनाबाट दोस्रो चरणमा २० जनाको नाम सर्टलिस्ट गर्दै बाट अन्तिम चरणमा ७ जनासँग अन्तर्वार्ताका लिएको क्यानले जनाएको छ । क्यानले मुख्य प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि यसअघि नै अन्तर्वार्ता लिइसकेको छ ।

क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षक, क्रिकेटर म्यानेजर, जेनरल म्यानेजर र फाइनान्स म्यानेजरसहित सात प्रदेशका प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेको थियो ।यही मंसिरको दोस्रो साता नेपाली राष्ट्रिय क्रिकेट टिमले नयाँ मुख्य प्रशिक्षक पाउने क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय