Comments Add Comment

साल्ट ट्रेडिङद्वारा सेयरधनीलाई ३५ प्रतिशत लाभांश प्रस्ताव

८ मंसिर, काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।

आगामी मंसिर ३० गते बस्ने कम्पनीको साधारण सभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ को नाफाबाट पनि कम्पनीले अघिल्लो वर्ष ३५ प्रतिशत नै  लाभांश प्रस्ताव गरेका थियो ।

कम्पनीले प्रस्ताव गरेको बोनस तथा लाभांश ५३ औं वाषिर्क साधारण सभाबाट परिात भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment