
निशान भट्टराइको स्वर, निलकण्ठ सुवेदीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा यूवायूवतीको भेटपछि भएका मायाका कुरालाई समावेश गरिएको छ ।
निशानले आफूले गाएका गीतमध्ये अर्को एक मन परेको गीतको रुपमा ‘तिमीलाई देखेपछि माया पलायो’लाई लिएका छन् । सुरेश दर्पण पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठको अभिनय छ ।
विनोद अधिकारीले छायांकन गरेको भिडियोमा भरत रेग्मीको सम्पादन छ । अमेरिकाका विभिन्न स्थानमा यो भिडियोको छायांकन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4