Comments Add Comment

‘दुर्गामती’मा भूमीको यस्तो रुप

अमेजन प्राइम भिडियोको प्रस्तुतीमा तयार भएको चलचित्र ‘दुर्गामती’को ट्रेलर सार्वजनिक भएको छ । केप अफ गुड फिल्मस्, भुषण कुमार, कृष्ण कुमार र विक्रम मल्होत्राको लगानीमा तयार भएको यो चलचित्रमा अर्सद वार्सी, भुमी पेड्नेकर, माही गील, करण कपाडिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रलाई डिसेम्बर ११ मा अमेजन प्राइमबाट रिलिज गरिनेछ । थ्रिलर कथावस्तुमा तयार भएको यो चलचित्र भूमीको वरिपरी घुमेको छ । अशोकको कथा, पटकथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायक अक्षय कुमारको पनि लगानी छ ।

डर, त्रास र बदलाको कथामा निर्माण भएको यो चलचित्रको शिर्ष भूमिकामा भूमीलाई देख्न सकिन्छ । नायक अक्षय कुमारसहित यो चलचित्रका कलाकारले ट्रेलर सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment