Comments Add Comment

डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

१८ मंसिर, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब लाजियोसँग १-१ को बराबरी खेल्दै डर्टमण्डले एक खेलअघि नै नकआउट चरणमा स्थान पक्का गरेको हो । यसअघि नै अर्को जर्मन क्लब बायर्न म्युनिखले अन्तिम १६ मा स्थान बनाइसकेको छ ।

घरेलु मैदानमा भएको खेलको ४४औं मिनेटमा राफेल गुरेएराले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । सिरो इम्ममोबाइलले ६७औं मिनेटमा पेनाल्टीमार्फत लाजियोका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि ५ खेलबाट १० अंक जोड्दै डर्टमण्ड शीर्ष स्थानमा छ । समान खेलबाट ९ अंकसहित लाजियो दोस्रो स्थानमा छ । अन्तिम १६ मा पुग्न लाजियोलाई अब १ अंक आवश्यक छ ।

अर्को खेलमा जेनिथ सेन्ट पिटर्सवर्गलाई ३-० ले पराजित गरेको क्लब ब्रुगको ७ अंक छ ।

अन्तिम खेलमा लाजियोले ब्रुगसँग खेल्नेछ । लाजियोले बराबरी खेलेमा मात्र पनि अन्तिम १६ मा स्थान पक्का गर्नेछ । ब्रुग विजयी भएमा भने लाजियो बाहिरिनेछ । ५ खेलबाट १ अंक मात्र रहेको जेनिथ भने समूह चरणबाटै बाहिरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment