Comments Add Comment

चिसो, मौसमी खोकी र रुघाबाट बच्न च्यवनप्रास

१८ मंसिर, काठमाडौं । मौसम परिवर्तनको समयमा रुघाखोकी लाग्ने र बिरामी पर्ने समस्या हुन्छ । तर, बजारमा पाइने आयुर्वेदिक खानेकुराहरुबाट उनीहरुको प्रतिरोधी क्षमता भने बढाउन सकिन्छ । त्यसमध्येको उपयोगी हो, च्यवनप्रास ।

यो दर्जनौं जडिबुटी र उपयोगी खाद्यान्नहरुको सम्मिश्रणबाट बनेको छ । मौसमी परिवर्तनको चुनौतीपूर्ण समयमा तपाइँको परिवारलाई स्वस्थ राख्न  च्यवनप्रास राम्रो विकल्प हुन सक्छ ।

प्रतिरोधी क्षमता विकास हुने क्रममा हुने भएकाले बालबालिकाहरु मौसमी परिवर्तनको समयमा बढी जोखिममा हुन्छन् । त्यसेले उनीहरुलाई यो मौसममा सही किसिमको खाना दिनुपर्ने हुन्छ । मौसमी परिर्तनमा देखिने रोगबाट बचाउन च्यवनप्रासले केही सहयोग पुर्‍याउन सक्छ । अन्य उमेर समूहकालाई पनि चिसो र त्यसबाट देखिने स्वास्थ्य समस्याबाट बचाउन यसले उत्तिकै प्रभावकारी भूमिका खेल्छ ।

डाबर, पतञ्जली, वैद्यनाथ, झण्डु, हिमालय हर्बल्स, एपोलो लाइफ र हमदर्दको च्यवनप्रास नेपाली बजारमा सजिलै पाइन्छ । नेपालकै सिंहदरबार वैद्यखानाको च्यवनप्रास पनि प्रचलनमा छ । उनीहरुले आफ्नो उत्पादन करिब ४५ आयुर्वेदिक जडिबुटीको सम्मिश्रणबाट बनाइएको दाबी गर्ने गरेका छन् ।

यहाँ च्यवनप्रासमा प्रयोग गरिने साझा तत्वहरु र त्यसको फाइदाको बारेमा उल्लेख गरिएको छ –

१. अश्वगन्धा – मानिसको शरीर र मस्तिष्कसम्बन्धी यसको अनौकौं फाइदा छ ।

२. केसर – केसरले धेरै रोगहरुमा औषधिको काम गर्छ । यसले मानिसलाई समान्य अवस्थामा फर्किन सहयोग गर्नुका साथै सक्रिय र ऊर्जाशील राख्न पनि सहयोग गर्छ ।

३. अलैंची- यसले मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता कायम राख्न सहयोग पुर्‍याउँछ । यसलाई पचन पक्रियामा सहयोग पुर्‍याउने, रोग लाग्नबाट बचाउने र स्वास्थ्यवर्द्धक जडिबुटीको रुपमा लिइँदै आएको छ । यसबाट पोटासियम, क्याल्सियम र म्याग्नेसियमजस्ता तत्वहरु पनि पाइन्छ ।

४. मह – महले मानिसको शारीरिक क्षमता बढाउन र थकान कम गर्न सहयोग गर्छ । साथै मस्तिष्कमा पनि यसले सकारात्मक असर पार्छ भने तौल घटाउन पनि सहयोग पुग्छ ।

५. बेल – मानिसको प्रतिरोधी क्षमता बढाउन बेलको बोक्रा, फल र पातको ठूलो आयुर्वेदिक महत्व छ ।

६. अमला – पाचन प्रक्रियालाई सही राख्न अमलाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्छ ।

७. पिपला- परम्परागत रुपमा यसको प्रयोग खोकी, रुघा, श्वासप्रश्वाससम्बन्धी समस्या र पेटको समस्याको लागि गरिन्छ ।

८. घिउ- घिउमा भिटामिन ए,डी,ई र के पाइन्छ र यसमा स्वस्थ फ्याटी एसिड पनि हुन्छ । यसले तौल कम गर्न र मानिसको दृष्टिमा पनि सहयोग पुर्‍याउँछ । यसले शरीरमा रहेको अशुद्धताहरुलाई पनि हटाउन सहयोग गर्छ ।

९. यस्थिमधु- यसले मानिसको रोग प्रतिरोधी क्षमता बढाउने इन्टरफेरोन बढाउँछ । यो खोकीको लागि उपयुक्त मानिन्छ ।

यसबाहेक अन्य थुप्रै जडिबुटी च्यवनप्रासमा सामेल हुन्छन् । जो चिसो, मौसमी खोकी र रुघाबाट बचाउन प्रभावकारी मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment