+

एलपीएल : जाफ्ना स्टालियन्सको लगातार चौथो जित

२०७७ मंसिर  १९ गते ९:३१ २०७७ मंसिर १९ गते ९:३१
एलपीएल : जाफ्ना स्टालियन्सको लगातार चौथो जित

१९ मंसिर, काठमाडौं । जाफ्ना स्टालियन्सले लंका प्रिमियर लिग (एलपीएल) मा अपराजित यात्रा कायम राख्दै लगातार चौथो जित हात पारेको छ । यस्तै दम्बुला भाइकिङ्सले पनि तेस्रो जित हात पारेको छ ।

बिहीबार भएको खेलमा जाफ्नाले गाल्ले ग्लाडिएटर्सलाई ५ विकेटले पराजित गरेको हो । गाल्लेको भने यो लगातार चौथो हार हो । अपराजित जाफ्नाले ४ खेलबाट ८ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।

गाल्लेले दिएको १७१ रनको लक्ष्य जाफ्नाले  १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । जाफ्नाका लागि ओपनर आभिष्का फर्नान्डोले ५९ बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८४ रन बनाए । यस्तै मिनोद भुनकाले ४० रन योगदान गरे । वानिन्दु हसारंगाले ७ बल खेल्दै अविजित १७ रन बनाए । गाल्लेका असिथा फर्नान्डोले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गाल्लेले ओपनर धनुस्का गुनतिलकाको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । गुनतिलकाले ४४ बल खेल्दै ७ चौका मद्दतमा ५६ रन बनाए । यस्तै चाडविक वाल्टनले ३१, अहसान अलीले २९ र अजाम खानले २५ रन जोडे ।

जाफ्नाका लागि वानिन्दु हसारांगाले २ विकेट लिए भने उसमान सिनवारी, धनन्जय डे शिल्भा र सुरंगा लकमलले १-१ विकेट लिए ।

यस्तै अर्को खेलमा दम्बुला भाइकिङ्ले पनि क्यान्डी टस्कर्सलाई ५ विकेटले नै पराजित गरेको छ । एन्जेलो परेराले अर्धशतक प्रहार गरेपछि दम्बुलाले १५७ रनको लक्ष्य १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । परेराले ४० बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६७ रन बनाए । यस्तै कप्तान दसुन सनाकाले ३३ रन जोडे । उनले २३ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यान्डीले कुशल मेन्डिसको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । मेन्डिसले ४५ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५५ रन बनाए । यस्तै कप्तान तथा विकेटकिपर कुशल परेराले ४१ रन बनाए । बलिङमा क्यान्डीका कसुन रजिथा र मालिन्नदा पुष्पकुमाराले २-२ विकेट लिए ।

एलपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१
7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११