Comments Add Comment

टाइम्स म्यागाजिनको ‘किड अफ द इयर’ बनिन् १५ वर्षीया गीताञ्जली राव

१९ मंसिर, काठमाडौं । १५ वर्षीया वैज्ञानिक तथा आविष्कारक गीताञ्जली राव टाइम्स म्यागाजिनको पहिलो ‘किड अफ द इयर’ बनेकी छिन् । उनी अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएकी गीताञ्जलीलाई खानेपानीमा हुने रसायन पत्ता लगाउने उपकरण निर्माण गर्नेदेखि अनलाइनमार्फत् हुने दुर्व्यवहार पत्ता लगाउनेसम्मका आविष्कार गरेको सम्मानमा यो पुरस्कार प्रदान गरिएको हो । टाइम्स म्यागाजिनले यसै वर्षदेखि ‘किड्स अफ द इयर’को पुरस्कार दिन सुरु गरेको हो ।

गीताञ्जली मनोनयनमा परेका आठदेखि १६ वर्षका पाँच हजार अमेरिकीबाट छानिएर किड्स अफ द इयर बनेकी हुन् । टाइम्सको किड्स अफ द इयर बनेसँगै उनले हलिउडकी नायिका तथा सामाजिक अभियान्ता एन्जेलिना जोलीसँगको अन्तर्वार्तामा उनले आफ्नो कामको प्रक्रियाबारे जानकारी दिँदै भनिन्, ‘निरीक्षण, मन्थन, अनुसन्धान, निर्माण र संवाद ।’

गीताञ्जलीले कोलोराडोस्थित आफ्नै घरबाट भर्चुअलरुपमा एन्जेलिना जोलीलाई अतर्वार्ता दिएकी थिइन् । उनले आफूले यो काम गर्न सक्छु भने सबैले यो काम गर्न सक्ने बताइन् । उनले मानिसले आफैंले सृजना नगरेका समस्याहरुको समाधान पनि नयाँ प्रविधिको माध्यमबाट खोजी गर्न सकिने विश्वास व्यक्त गरिन् । उनले आफ्नो उद्देश्य मानिसहरुलाई अन्य समस्या समाधान गर्ने प्रयासको लागि प्रेरणा दिनु रहको उल्लेख गरिन् ।

स्रोत : टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment