+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

उद्योग अनुगमन गर्दा घुस लिने नापतौलका ४ कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २० गते १०:३७

२० मंसिर, वीरगञ्ज । उद्योग अनुगमनको क्रममा घुस लिएको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

कार्यालयमा कार्यरत सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई प्रशासनले नियन्त्रणमा लिएको हो ।

एउटा टेक्सटायल उद्योगमा अनुगमनको क्रममा उनीहरुले ११ हजार रुपैयाँ घुस लिएकाले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । ‘उद्योग अनुगमनको क्रममा ११ हजार घुस लिएको पुष्टि भएपछि बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ, संक्रमणमुक्त भइसकेपछि अख्तियारको जिम्मा लगाउँछौं ।’

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख बरिष्ठ निरीक्षक शशीभुषण यादवका अनुसार कार्यालयले सातामा दुई÷तीन दिन नियमित अनुगमन गर्दै आइरहेको छ । साताभरी गरेको अनुगमनको रिपोर्ट हरेक शुक्रबार माथिल्लो निकायमा बुझाउनुपर्ने हुन्छ ।

‘गण्डक चोकका केही उद्योगमा नापतौल कार्यालयबाट अनुमति नलिई तौल गर्ने गरेको भनेर सूचना आएपछि विहीबार उनीहरु अनुगमनका लागि निस्केका थिए,’ उनले भने, ‘तर उनीहरु टेक्सटायल उद्योग अनुगमन गर्न गएछन् । प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई प्रशासनमा ल्याउन भन्नुभयो । घटनाबारेमा त मलाई पछि मात्रै थाहा भयो ।’

उनीहरुले टेक्सटायल उद्योगको अनुगमनपछि तौल गर्ने मेसिन खराब छ भनेर नियन्त्रण लिएका थिए । पछि बार्गेनिङ गरेर ११ हजार रुपैयाँ घुस लिएर काँटा फिर्ता गरिदिएका थिए ।

घुस लिएको उजुरी प्रमुख जिल्ला अधिकारी तामाङ समक्ष आएपछि उनीहरुलाई जिल्ला प्रशासन बोलाइएको थियो । कर्मचारीहरुले ११ हजार घुस लिएको र गाडीमै बाँडफाँट गरेको स्वीकार गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?