
२१ मंसिर, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
झापाको विर्तामोड–८ घर भएकी ४५ वर्षीया महिलाको गएराति करिब साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।
ती महिलामा यही मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उनमा मुटुसम्बन्धी समस्यासमेत रहेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4