Comments Add Comment

फाइजरले माग्यो भारतमा कोरोना खोप आपतकालीन प्रयोगको अनुमति

२१ मंसिर, काठमाडौं । अमेरिकी कम्पनी फाइजरले जर्मन निर्माता बायोएनटेकसँग मिलेर बनाएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भारतमा आपतकालीनरुपमा प्रयोगका लागि अनुमति मागेको छ । स्थानीय सञ्चारमाध्यमहरुले आइतबार उल्लेख गरेअनुसार फाइजरले भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) समक्ष आफ्नो खोप प्रयोगका लागि आवेदन दिएको हो । यसअघि बेलायतको सरकारले फाइजरको खोप सार्वजनिकरुपमा प्रयोगको लागि अनुमति दिइसकेको छ ।

समाचारमा सरकारी स्रोतलाई उदृत गरिएको भए पनि अहिलेसम्म डीसीजीआई वा स्वास्थ्य मन्त्रालयले आधिकारिकरुपमा भने यसको पुष्टि गरेका छैनन् । रोयटर्सका अनुसार शनिबार बेलुकासम्म कुनै पनि आवेदन आएको छैन । फाइजरले पनि यस विषयमा केही पनि बताएको छैन । भारतीय अधिकारीहरु स्थानीयस्तरमा परीक्षण गरिएको खोपमा बढी आशावादी देखिएका छन् । फाइजरको खोप भण्डरणको लागि माइनस ७० डिग्रीको तापक्रम आवश्यक पर्छ । भारतको अधिकांश स्थानमा यो सम्भव छैन । अहिलेसम्म भारतमा ९५ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने करिब एक लाख ४० हजारको मृत्यु भएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment