+
+
Shares

जब रेखाले हिम्मत देखाइन् तब प्रचारमा आयो लिङ्गा

रामहरि ओझा रामहरि ओझा
२०७७ मंसिर २२ गते ७:४९

२२ मंसिर, डोटी । ‘२०७१/०७१ सालसम्म यहाँ खासै कोही आउँदैनथे । वरपरका गाउँबाट मात्रै सिद्ध पुज्न आउँथे । अचेल त टाढाटाढाबाट पनि यस क्षेत्रको दर्शन गर्न आउँछन्,’ कञ्चनपुरको बेदकोट नगरपालिका–४ मा रहेको धार्मिक तथा पर्यटकीय स्थलबारे स्थानीय पदमराज भट्ट भन्छन् ।

स्थानीय बमनगाउँवासी यस क्षेत्रलाई परेवाखरी (परेवा खोर) भनेर चिन्दथे । परेवाहरु लुक्ने ठाउँ भएका कारण यसलाई परेवाखरी भनिन्थ्यो । धार्मिक रुपमा सिद्ध बाबाको क्षेत्र मान्ने स्थानीयहरु यहाँ जेठ र फागुन महिनामा पूजाका लागि भेला हुन्थे ।

यो क्षेत्र राष्ट्रियस्तरको पर्यटकीय आकर्षण बन्ने कुरा कसैले सोचेका थिएनन् । ‘कसैले बमनखोला भनेर चिन्थे, कसैले गोठसारी,’ पदम भन्छन्, ‘यसलाई सिद्ध शिवलिङ्ग धाम भनेर चिनाउने श्रेय रेखा थापालाई जान्छ ।’

के गरिन् रेखा थापाले ?

बेदकोट नगरपालिका–४ को बमनगाउँको सिरानीमा रहेको यो क्षेत्र पहाडी भू–भागसँग जोडिएको छ । बैजनी रङ्गको माटो रहेको यस क्षेत्रमा माटाका सयौं खम्बाहरु छन् । सियोको जस्तै बनावटमा देखिने यी खम्बाहरु निकै आकर्षक देखिन्छन् । स्थानीयहरु यी खम्बाहरुलाई शिवलिङ्ग भन्छन् । यस क्षेत्रको भ्रमण गर्न आउनेहरु यी लिङ्गाहरुसँग फोटो खिच्दै रमाउँछन् ।

माटोका लिङ्गाहरु भएका कारण यस क्षेत्रलाई स्थानीयहरु ‘लिङ्गा’ कै नामले चिन्छन् । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्र हाल ‘लिङ्गा’ प्रचार अभावका कारण ओझेलमै थियो । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्माता रेखा थापाले यस क्षेत्रमा आएर चलचित्रको छायांकन गरेपछि प्रचार प्रसार भएको स्थानीय बताउँछन् ।

स्थानीय लोकबहादुर धामी भन्छन् ‘फिल्ममा यहाँको सिन पनि छ र रेखा थापाले सामाजिक सञ्जालमा पनि यहाँको फोटो राखेपछि यो क्षेत्र चर्चामा आएको हो ।’ त्यसपछि यहाँ देशका बिभिन्न स्थानहरुबाट पर्यटकहरु आउन थालेको लोकबहादुरको दावी छ ।

रेखा थापाद्वारा निर्मित तथा अभिनित चलचित्र ‘हिम्मतवाली’ को ‘तिमीले छोएर म बेहोस बनुँ…’ बोलको गीत लिङ्गा क्षेत्रमै छायांकन भएको थियो । त्यसपछि यहाँ दिनहुँ करिब एक हजार पर्यटकहरु आउने गरेको स्थानीयको दावी छ ।

के छ विशेषता ?

स्थानीय देवसिंह धामीका अनुसार यो क्षेत्र २०२७ सालमा पहिचानमा आएको थियो । ग्वालाहरुले गाईबस्तु चराउने बेलामा उक्त ठाउँ देखेका र त्यसैबेलादेखि सिद्ध शिवलिङ्ग भनेर स्थानीयले पूजापाठ गर्दै आइरहेको धामीले बताए ।

‘जब लामो समयसम्म पानी पर्दैन तब हामी गाउँलेहरु यस ठाउँमा आएर सिद्धको पूजा गर्छौं, अनि वर्षा हुन्छ,’ ७१ वर्षीय धामी भन्छन्, ‘शुद्ध मनले यस थानमा आएर प्रार्थना गरे मनले चिताएको पूरा हुन्छ ।’ उनले यस क्षेत्रमा अनावश्यक हल्लाखल्ला गर्न नहुने, शुद्ध भएर आउनु पर्ने बताए ।

२०७१ सालमा बेदकोट नगरपालिकाले लिङ्गा नजिकै मन्दिर निर्माण गरेको पदमराज बताउँछन् । यस्तै यस क्षेत्रको पर्यटकीय विकासका लागि सडक पु¥याएको, यस क्षेत्रमा आवश्यक पूर्वाधारहरुको निर्माण भइरहेको उनी बताउँछन् ।

यद्यपि छायांकन सकेर फर्केपछि रेखा थापालाई देवीले समातेको स्थानीयहरु बताउँछन् । देवी उतार्न रेखा दुई पटक यस क्षेत्रमा आएको समेत उनीहरुको दाबी छ । ‘लिङ्गालाई महिलाहरुले छुनु हुँदैन, त्यस क्षेत्रमा रातो कपडा लाएर जानु पनि हुँदैन,’ स्थानीय देवबहादुर भन्छन्, ‘रेखाले त्यसै क्षेत्रमा गएर अभिनय गरेका कारण देवी रिसाएकी हुन् ।’

रेखाले स्थानीयवासीहरुको भनेको नमानेर त्रिशूल खुट्टामा रोपेका कारण पनि यस्तो भएको स्थानीयको दावी छ । गीतमा नाच्दै गर्दा रेखाले त्रिशूल उठाएर “सत्या”को खुट्टामा सजाएको दृष्य देखिन्छ । ‘उनलाई महिनावारी भएको पाँच दिनमात्रै भएको रहेछ, यस क्षेत्रमा सात दिन नभई आउनै पाइँदैन,’ हाल यस क्षेत्रको संरक्षक समेत रहेका पदमराज भट्ट भन्छन्, ‘देवीले आफ्नो अपमान गरेको सम्झिन् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?