Comments Add Comment

रियल मड्रिड अन्तिम १६ मा, बेन्जामाको दुई गोल

२५ मंसिर, काठमाडौं । स्पानिस जायन्ट रियल मड्रिड समूह चरणको अन्तिम खेल जित्दै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

करिम बेन्जामाले दुई गोल गरेपछि जित्नैपर्ने खेलमा रियलले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बेन्जामाले दुवै गोल पहिलो हाफमा गरे । नवौं मिनेटमा पहिलो गोल गरेका उनले ३२औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

जितपछि ६ खेलबाट १० अंक जोड्दै रियल समूह बीको विजेता बन्यो । अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र इटालियन क्लब इन्टर मिलानले गोलरहित बराबरी खेलेपछि पनि रियललाई फाइदा भयो ।

रियलसँग पराजित भए पनि ६ खेलबाट ८ अंक जोडेको मोन्चेनग्लाडबाक समूह उपविजेता बन्दै अन्तिम १६  मा प्रवेश गरेको छ । समान ८ अंक नै जोडेको साख्तर भने हेड टु हेडमा मोन्चेनग्लाडबाकसँग पछि पर्दै समूह चरणबाटै बाहिरियो । ६ अंक जोडेको इन्टर चौथो हुँदै समूह चरणबाट बाहिरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment