Comments Add Comment

गणतन्त्रप्रतिको निराशा सडकमा देखियो : कमल थापा

२५ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रप्रतिको निराशा सडकमा देखिन थालेको टिप्पणी गरेका छन् ।

बिहीबार हेटौंडामा पार्टीको चुनाव चिह्न हलोको झण्डोत्तलन गर्दै उनले गणतन्त्रप्रति निराशा छाएकाले सडकबाट राजतन्त्रको माग भएको बताएका हुन् ।

‘सडकबाटै राजा आउ देश बचाऊ भन्ने जमात बढेको छ । यो राप्रपाले उठाएको एजेण्डा हो । यसमा राप्रपाको कयौं कार्यकर्ता सहभागी छन्’ उनले भने ।

थापाले तत्कालिन ७ दल र माओवादीले विदेशी शक्तिसँग झुकेर नेपाललाई जबर्जस्ती रुपमा गणतन्त्र लादेको जिकिर पनि गरे ।

उनले पार्टी एकतासँगै राप्रपा नेपाली जनताका लागि वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् । नेपालमा कम्युनिष्ट र कांग्रेस पछि सांगठनिक रुपमा राप्रपा बलियो भएको उनको दावी छ ।

थापाले राप्रपाको लागि गाई चुनाव चिह्न सुहाउने भए पनि पार्टी एकताको लागि बाध्य भएर हलो स्वीकारेको बताए । उनले भने ‘राप्रपाको चुनाव चिह्न गाई जति सुहाउने र लोकप्रिय अरु नभए पनि मैले प्रकाशजी र पशुपतिजीलाई बुझाउन सकिन, पार्टी एकताको लागि हलो रोज्नु पर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment