+
+
Shares

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १९:३५

२५ मंसिर, वीरगञ्ज । बाराबाट चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका–७ का मानबहादुर श्रेष्ठ र कृष्ण दर्लामी मगर रहेका छन् ।

बिहीबार बिहान साढे ७ बजे निजगढ–९ शहिदचोकस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय निजगढको टोलीले उनीहरुलाई चोरीका दुई वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । सवारी साधन चेकजाँचको क्रममा बा ९७ प ३१०९ र बा ६८ प ५५९५ नम्बरको २ थान पल्सर मोटरसाइकल चोरो गरेर ल्याएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर  उनीहरु माथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?