+

एन्फाको साधारणसभा माघ ६ मा, अरु के-के निर्णय भए ?

२०७७ मंसिर  २५ गते २१:०८ २०७७ मंसिर २५ गते २१:०८
एन्फाको साधारणसभा माघ ६ मा, अरु के-के निर्णय भए ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा आगामी माघ ६ गते हुने भएको छ । बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले माघ गते साधारण सभा गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा स्विकृतिका लागि पठाउने निर्णय गरेको हो ।

एन्फा कम्प्लेक्समा बिहीबार दिनभर बसेको बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब बढाउने देखि विदेशी प्रशिक्षक योहान कालिनको राजीनामा स्वीकृत गर्नेसम्मका विभिन्न निर्णयहरु गरेको छ ।

एन्फाले राष्ट्रिय टिमका महिला र पुरुष खेलाडीको तलब बढाएर समान १८ हजार पुर्‍याएको छ । यस्तै रेफ्रीहरुको तलबभत्ता ६ हजारबाट बढाएर १० हजार पुर्‍याइएको छ ।

कर्मचारीको पारिश्रमिक सम्बन्धमा भने कार्यदल गठन गरी तीन दिनभित्र अध्ययन गर्ने र प्रतिवेदन पेश गरी नियमाअनुसार तलब वृद्धि गर्ने, कर्मचारी नियमावली पारित गर्ने निर्णय गरेको छ ।

बैठकले वर्ल्ड कप क्वालिफाइङ टुर्नामेन्टको तयारीका लागि एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा, स्थानिय संयोजक लोकल जेनरल कोरअर्डिनेटर विजय घले र सुरक्षा समिती संयोजक दिनेश व्यन्जनकारसहित समन्वय गरी मैत्रीपूर्ण खेलहरुमा सहभागिता तथा आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि मंसिर २८ देखि बन्द प्रशिक्षण सुरु गर्ने समेत निर्णय भएको छ ।

यसैगरी एन्फा क्लब लाइसेन्सिङका मादपण्डहरु पारित गर्ने निर्णय समेत बैठकले गरेको छ ।

एन्फाका विभिन्न डिपार्टमेन्टहरुको स्ट्राटेजिक प्लान अनुमोदन गर्ने र युवा विकास परियोजना पारित गर्ने निर्णय समेत बैठकले गरेको एन्फाले विज्ञप्तीमार्फत जनाएको छ ।

यस्तै एन्फाको कार्यक्रम अनुसार स्थिगत भएका प्रतियोगिताहरु शहीद स्मारक बी डिभिजन लिग २०७६/७७ का बाँकी खेलहरु, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट कप, राष्ट्रिय महिला लिग लगायतका प्रतियोगिता आयोजनाका लागि राखेपमा स्वीकृति माग्ने निर्णय समेत गरेको छ ।

खेलाडी दर्ता नियमावली संशोधन गर्न उपाध्यक्ष उपेन्द्र मान सिंह्यको संयोजकत्वमा आगामी कार्यसमिती बैठकमा पारित गर्ने गरी प्रतिवेदन पेश गर्ने निर्णय समेत बैठकबाट भएको छ ।  यस्तै एन्फाको कृतिम घाँसे खेल मैदानमा ट्रेनिङ फ्लडलाइट जडान गर्ने निर्णय भएको छ ।

कास्की जिल्ला संघका अध्यक्ष मिलन गुरुङसंग सम्बन्धित विषयमा प्राप्त प्रतिवेदन सहित अनुशासन र कुन समितीमा राय माग गर्दै पेश गर्ने निर्णय भएको छ । यस्तै किरण राईको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा समितिले पूर्ण सदस्य संस्थाहरुसंग तालिका तयार गरी देशव्यापीरुपमा विधान संशोधनका लागि मस्यौदा तयार गरी आगामी कार्यसमिति बैठकमा पेश गर्ने निर्णय भएको छ ।

बैठकले एन्फाका पूर्व उपाध्यक्ष स्वर्गिय ललित कृष्ण श्रेष्ठ र नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी स्वर्गिय मणी शाहको अर्धकदको शालिक एन्फा परिसरमा निर्माण गर्ने निर्णय गरेको छ । fa

एन्फा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय