+
+

परराष्ट्रमन्त्रीको भारत भ्रमण अझै अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २७ गते १८:५३

२७ मंसिर, काठमाडौं । दुई देशका परराष्ट्रमन्त्रीले संयुक्त रुपमा अध्यक्षता गर्ने नेपाल-भारत संयुक्त आयोगको वैठक अझै अनिश्चित देखिएको छ । डिसेम्बर १५-१६ मा वैठक बस्न दुई देशबीच छलफल भएपनि मिति केही पर सरेको स्रोतले अनलाइखबरलाई बतायो ।

हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगलाले संयुक्त आयोगको वैठकका लागि भारतिय विदेशमन्त्री एस जयशंकरले पठाएको निमन्त्रणा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई हस्तान्तरण गरेका थिए । डिसेम्बर १५-१६ मा आयोगको वैठक बस्ने विषयमा दुईपक्षबीच कुराकानी भएको थियो । बैठकका एजेन्डाहरु तय गर्न परराष्ट्र मन्त्रालयले सरोकारवाला पक्षहरुसँग कुराकानी पनि गरिरहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेबारे मन्त्रिपरिषदले कुनै निर्णय गरेको छैन ।

ज्ञवालीको भारत भ्रमणको सम्बन्धमा सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘संयुक्त आयोगको वैठकका लागि नेपालका परराष्ट्रमन्त्रीले छिट्टै भारतको भ्रमण गर्नु हुनेछ तर मिति भने अझै तय हुन बाँकी छ ।’

समाचार स्रोतका अनुसार मिति तय गर्ने विषयमा कुराकानी भइरहेपनि सहमति भइसकेको छैन । यद्यपि चाँडै वैठक गर्ने सहमति भएकाले आगामी दुई साताभित्रै हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?