
३० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेशको विरोध गरेका छन् ।
६ जना सदस्य रहने संवैधानिक परिषद्मा तीन जनाले नै निर्णय गर्न पाउने गरी संशोधन गरिएकोप्रति डा. लोहनीले व्यंग्यात्मकशैलीमा प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।
‘आजको अध्यादेश प्रकरण हेर्दा प्रधानमन्त्रीजीलाई मेरो एउटा सल्लाह छ, अब संवैधानिक परिषद्मा अरु कोही नचाहिने र प्रधानमन्त्री एकजना भए पनि सबै निर्णय गर्न गणपूरक संख्या पुग्ने संशोधन राष्ट्रपति कहाँ पठाउनुस्,’ अध्यक्ष लोहनीले ट्वीटरमा लेखेका छन्, ‘जारी हुने पक्कै छ, अनि जे गरे पनि हुन्छ ।’
मन्त्रिपरिषद्को आजको बैठकको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्को बैठक समेत बसेको छ ।
प्रतिक्रिया 4