+
+
Shares

चर्को ब्याज लिएर ठगी गरेको आरोपमा मन्टु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १५:४१

३० मंसिर, विराटनगर । चर्को ब्याजमा ऋण दिएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले विराटनगर– ९ घोघापुल चोक बस्ने मन्टु भनिने सञ्जय रौनियारलाई पक्राउ गरेको छ ।

धेरै ब्याज लिएर ठगी गरेको गुनासो आएपछि प्रहरीले सोमबार राति मन्टुलाई पक्राउ गरेको हो । मन्टु पक्राउ परेपछि पीडितहरु प्रहरी कार्यालय पुगेका छन् । मंगलबार मात्रै १५–१६ जना सर्वसाधारण ठगिएको गुनासोसहित पुगेका हुन् । प्रहरीले रौनियारको घरबाट मिटरब्याजमा रकम लगानीका केही कागजात पनि बरामद गरेको छ ।

एक दशकयता मन्टुले व्यक्तिको जग्गा धितोमा राख्ने र मिटरब्याजमा ऋण दिने गरेका थिए । तीन लाख रुपैयाँ लिएका मानिससँग ४० लाख रुपैयाँसम्म लिएको गुनासो प्रहरीसम्म पुगेको थियो । प्रहरीका अनुसार मन्टुले ठगी गरेको सर्वसाधारण छुट्टा छुट्टै स्थानका छन् ।

ठगीको उजुरी परेपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

सर्वसाधारणले पनि उजुरीका लागि आइरहेको उनले बताए । ‘हामीले अनुसन्धान गर्दैछौं’, उनले भने, ‘ठगीको थप विवरण खोज्ने काम जारी छ ।’ मन्टुले ऋण दिने र आफूले भने अनुसार फिर्ता नगरे धम्की दिने गरेको पीठिडतले गनासो गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?