Comments Add Comment

फ्रान्सका राष्ट्रपति म्याक्रोँ कोरोना संक्रमित

२ पुस, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँ कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार ४२ वर्षीय म्याक्रोँलाई कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ पाइएको हो । एक सरकारी अधिकारीका अनुसार अहिले पनि म्याक्रोँ कार्यकारी पदमा नै छन् र घरबाटै आफ्नो काम गरिरहेका छन् ।

यद्यपि अहिलेसम्म म्याक्रोँलाई कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा भने जानकारी दिइएको छैन । यसैबीच कन्ट्याक्ट ट्रेसिङमा परेसँगै फ्रान्सका प्रधानमन्त्री ज्याँ केस्टेक्स पनि आफैं आइसोलेसनमा बसेका छन् । बिहीबार म्याक्रोँले संसद्मा फ्रान्सको कोरोना खोप कार्यक्रमको बारेमा जानकारी दिने कार्यक्रम थियो । तर, अब यो काम स्वास्थ्यमन्त्रीले ओलिविये वेरोँले गर्नेछन् ।

म्याक्रोँभन्दा पहिला बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना संक्रमण भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म फ्रान्समा कोरोना संक्रमणबाट ५९ हजार चारसयभन्दा धेरैको मृत्यु भइसकेको छ । फ्रान्स कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने युरोपेली मुलुकमध्येको एक हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment