५ पुस, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैंले चलाएको ट्याक्टरमा च्यापिएर आइतबार चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
स्थानीय रातो खोलाबाट माटो लोड गरी बेला गाउँतर्फ जाँदै गर्दा ज १ त ३५७९ नं को ट्याक्टर मोड्ने क्रममा पछाडिको चक्का माटोमा धसिन पुगेको थियो । सोही क्रममा अगाडिको इञ्जिनसहितको भाग माथि उठेर पछाडिपट्टी झर्दा चालक बसेको सिटसमेत च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4