Comments Add Comment

पोखरा : कतै ओली महान, कतै देशद्रोहीको नारा

सूर्य चिहृनबिना प्रचण्ड-नेपालले चुनाव जितेर देखाउन् : ओली समूह

६ पुस, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेको पक्ष-बिपक्षमा पोखरामा सोमबार दिनभर प्रदर्शन भएको छ ।

प्रधानमन्त्रीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षविपक्षमा पोखराका सडकहरुमा दिनभर नारा घन्किरहृयो । प्रधानमन्त्रीको कदमको स्वागत गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै कार्यकर्ताले  प्रदर्शन गरे भने नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बिपक्षमा नारा लगाउँदै पुत्ला दहन गर्‍यो ।

संसद विघटनको विरोधमा सडकमा उत्रिएको प्रमुख विपक्षी नेपाली कांग्रेसले भने देशबाट कम्युनिस्ट पत्तासाप पार्ने चेतावनी दिएको छ । जनता समाजवादी पार्टी, साझा विवेकशील पार्टीले पनि संसद विघटनको विरोधमाक प्रदर्शन गरे ।

सोमबार बिहान प्रदर्शनको सुरुआत राष्ट्रिय उच्च मावि, टुडिखेलबाट सुरु भएको थियो । अनेरास्ववियुका प्रचण्ड-नेपाल पक्षधर विद्यार्थीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली ज्ञानेन्द्रको पथमा रहेको भन्दै नाराबाजी गरे, पुत्ला जलाए ।

पोखराको मानव अधिकार चोकमा प्रधानन्त्री ओलीको समर्थनमा नारा लाग्यो । ओली समर्थित युवा संघ तथा अनेरास्ववियूका कार्यकर्ताले गलत मान्छेको हातमा देश सुम्पिनुभन्दा जनताको हातमा सुम्पिएको भन्दै संसद विघटनको स्वागत गरे । उनीहरुले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई अपराधीको संज्ञा मात्रै दिएनन्, जेलमा कोच्ने चेतावनी समेत दिएका छन् । ‘दुई अपराधीलाई कालो कोठरीमा जाक्नुपर्छ’, युवा संघ नेपालका केन्द्रीय सदस्य माधव बास्तोलाले भने, ‘जेल जाने दिन गनेर बसे हुन्छ ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारबिरोधी अभियान चलाउँदा प्रचण्ड-नेपालले खुट्टा कमाएर ओलीकै राजीनामा मागेको बास्तोलाको आरोप थियो । उनले फेरि ओलीले बहमत ल्याउने दाबी गरे ।

सूर्य चिहृन र जनताको बहुदलीय जनवादले जनताले केपी ओलीलाई फेरि बहुमत दिने बताए । नेपाल कम्युनिस्ट पार्टी, सूर्य चिहृन केपी ओली पक्षकै हुने भन्दै उनीहरुले सूर्य चिहृन र जबजबिना चुनाव जितेर देखाउन प्रचण्ड र नेपाललाई चुनौती दिए ।

अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले प्रचण्ड-नेपालजस्तो गलत मान्छेलाई देश सुम्पिनुभन्दा संसद भंग गरेर जनताको दैलोमा जानुको विकल्प नभएको बताए ।

ओलीको समर्थनमा प्रदर्शन सकिएलगत्तै नेपाली कांग्रेस कास्कीले विरोधमा र्‍याली निकालेको थियो । ओली र राष्ट्रपतिको बिपक्षमा नारा लगाउँदै चिप्लेढुंगाबाट महेन्द्रपुल पुगेर कांग्रेसले कोण सभा गर्दै भन्यो, ‘अब केपी ओलीले पुस १ को जस्तै कालो दिन पुस ५ लाई बनाएर । अब उनको दिन सकियो ।’

पूर्वसभामुख तारानाथ रानाभाटले प्रधानमन्त्री र राष्ट्रपतिले कुनै पनि हिसाबले पुष्टि गर्न नसक्ने असंवैधानिक कदम चालेको बताए । कोरोनाको माहामारीले देशमा सिर्जना गरेको बेरोजगारीले आक्रान्त गरेको जनता, मूल्यवृद्धिलाई राहत दिनुपर्नेमा संसद भंग गरेर ओलीले आहात दिएको रानाभाटको भनाइ थियो । ‘चुनावको तयारीमा कति अरब जाला ? कोरोनाबाट राहात नपाएका जनतालई त्यो रकम खर्च गरिदिएको भए त्यसले नेपाली जनतालाई कति ठूलो राहत दिनसक्थ्यो । त्यता ध्यान दिइएन,’ रानाभाटले भने, ‘जुनसुकै साधारण मान्छेले पनि संविधानको खिराप छ भन्ने बुझ्छ ।’ असंवैधानिक, अनैतिक, जनविरोधी कदमलाई सच्याउन अदालतको शरण लिनै पर्ने र अदालतले विवेक नगुमाउनेमा रानाभाटको विश्वास थियो ।

कम्युनिस्टले देशका लागि बेइमानी गरेका छन् भनेर जनताले बुझाउनुपर्ने उनको भनाइ थियो ।

कास्की कांग्रेस सभापति कृष्ण केसीले ओलीबाट नेपाली जनताको बलिदान कुल्चने काम भएको बताए । लाखौं जनताको बलिदानलाई माटोमा मिलाउन लागेका प्रधानमन्त्री ओलीका विरुद्ध एकजुट भएर लाग्ने केसीको भनाइ थियो ।

नेपाल विद्यार्थी संघका पूर्वसभापति विकास थापाले केपी ओलीका कदमका कारण देश हारेको कांग्रेसले देख्न नसक्ने बताए । यो बेला कांग्रेसले देशभर चुनाव जित्ने भए पनि आफूहरुलाई बढी देशको चिन्ता भएको उनको भनाइ थियो ।

साझा विवेकशील पार्टीले पनि पृथ्वीचोकमा संसद विघटनको बिरोधमा प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमले देशलाई प्रतिगमनको दिशामा लैजाने प्रदेश संयोजक महेश भण्डारीले बताए ।

नेकपाकै प्रचण्ड-माधव समूहका युवा संघ तथा विद्यार्थीले सोमबार साभ“m प्रदर्शन गदै ओली देशकै कलंक भएको बताएका छन् । ओली देशद्रोहीसमेत भएको उनीहरुको आरोप थियो ।

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले ओलीले देशलाई नै डुबाउने काम गरेकाले उनको आवश्यकता अब देशमा नरहेको बताए । युवाहरुले ओलीजस्तो देशद्रोही अब देशबाटै सत्तासाप हुने आरोप लगाए । युवा तथा विद्यार्थीले ओलीलाई मूर्दावादको नारामात्रै लगाएनन्, प्रतिकात्मक शव बनाएर अन्त्येष्टि गरिदिए । महेन्द्रपुलमा पुत्ला दहन गर्ने क्रममा युवा, विद्यार्थी र प्रहरीबीच मुडभेडको अवस्थासमेत सिर्जना भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment