+

सिरी ए मा युभेन्ट्सको पहिलो हार, फियोरेन्टिनासँग ३-० ले पराजित

२०७७ पुष  ८ गते १०:२६ २०७७ पुष ८ गते १०:२६
सिरी ए मा युभेन्ट्सको पहिलो हार, फियोरेन्टिनासँग ३-० ले पराजित

८ पुस, काठमाडौं । इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्सले यस सिजनको पहिलो हार बेहोरेको छ । सिरी ए को गएराति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्ट्स घरेलु मैदानमै फियोरेन्टिनासँग ३-० ले पराजित भयो ।

युभेन्ट्सको मैदानमा भएको खेलको तेस्रो मिनेटमा डुसान भ्लाहोभिकले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा जुवान क्वाड्राडोले रातो कार्ड पाएपछि युभेन्ट्स दश खेलाडीमा झर्‍यो ।

दोस्रो हाफमा फियोरेन्टिनाले दुई गोल थप्यो । ७६औं मिनेटमा युभेन्ट्सकै एलेक्स सान्ड्रोले आत्मघाती गोल गर्दै फियोरेन्टिनाले अग्रता दोब्बर बनायो । ८१औं मिनेटमा मार्टिन कासर्सले गोल गर्दै फियोरेन्टिनाको जित पक्का गरे ।

जितपछि १४ खेलबाट १४ अंङ्क जोडेको फियोरेन्टिना १५औं स्थानमा उक्लेको छ । रेलिगेसन क्षेत्रबाट पेयोरेन्टिना ५ अंकले माथि छ ।

उता युभेन्ट्सले भने हारपछि तेस्रो स्थानमा पुग्ने मौका गुमायो भने चौथो स्थानमा झरेको छ । १३ खेलबाट २४ अंक रहेको युभेन्ट्स नापोलीसँग गोलअन्तरमा पछि पर्दै चौथो स्थानमा झरेको हो ।

इटालियन सिरी ए युभेन्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय