नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले यस सिजनको टी-१० लिग खेल्ने भएका छन् ।
युएईमा आगामी जनवरीमा सुरु हुने प्रतियोगिताका लागि साविक विजेता मराठा अरेबियन्सले बुधबार भएको ड्राफ्टमा फास्टबलर सोमपाललाई छनोट गरेको हो ।
यसअघि नेपाली टिमका अलराउण्डर पारस खड्का र स्पीनर सन्दीप लामिछानेले गत सिजन टी-१० लिग खेलेका थिए । यस पटक भने टीम अबुधाबीले पारसलाई इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेको छ ।
प्रतिक्रिया 4