+

बी डिभिजन लिग फागुन ११ देखि गर्ने तयारी

२०७७ पुष  ९ गते ७:३५ २०७७ पुष ९ गते ७:३५
बी डिभिजन लिग फागुन ११ देखि गर्ने तयारी

९ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक बी डिभिजन लिगलाई फागुन दोस्रो सातादेखि फेरि सुरु गर्ने तयारी गरेको छ ।

कोरोनाका कारण रोकिएको बी डिभिजन लिग फेब्रुअरी २३ अर्थात फागुन ११ गतेबाट सुरु हुने भएको हो । कोरोना महामारीले गर्दा मार्च १८ देखि बी डिभिजन लिग रोकिएको थियो ।

बुधबार एन्फाले बी डिभिजन लिगका प्रतिनिधिहरुसँग छलफल गर्दै लिग फेरि सुरु गर्ने तयारी गरेको हो । जसमा क्लबहरु सकारात्मक रहेको एन्फाले जनाएको छ ।  लिगको बेला स्वास्थ्यको विशेष सावधानी अपनाइने एन्फाले जनाएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरीङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले लिग सुरु गर्दा अपनाउने सावधानीका बारेमा क्लवका पदाधिकारीलाई जवाफ दिएका थिए ।

छलफलमा फिफा र एएफसीको गाइडलाइन्स र स्वास्थ्य तथा ट्रेनिङ प्रोटोकलको बारेमा समेत चर्चा भएको थियो । लिगका खेलहरु हुँदा फिफा र एएफसीको गाइडलाइन अनुसार नै  स्वास्थ्य सावधानी अपनाइने छ ।

एन्फा बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय