+
+
Shares

बादल समूहमा विद्रोह, ‘उहाँले प्रतिगमनलाई साथ दिनुभयो’

हरि अधिकारी हरि अधिकारी
२०७७ पुष ९ गते १६:४६

९ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनमा तटस्थ रहँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेपछि उनी निकट नेताले बादलले बाटो बिराएको प्रतिक्रिया दिएका छन् ।

पार्टी बिभाजनमा तटस्थ रहँदै आएका बादल बिहीबार ओली पक्षले आयोजना गरेको केन्द्रीय कमिटीमा सहभागी भएका छन् । ओली गुटमा लागेपछि उनी निकट नेताहरुले बादलले बाटो बिराएको प्रतिक्रिया दिएका छन् ।

‘बादलले गल्ती गरे, बाटो बिराए,’ उनी निकट रहेर काम गरेका प्रदेश सांसद् कुलप्रसाद साम्बा(कुशल) भन्छन् ‘बादलले ओलीको असंवैधानिक कार्यलाई साथ दिए ।’

साम्बाले देशभरका बादल निकट कार्यकर्ताहरु प्रचण्ड– माधव पक्षसँग रहेको बताए ।

प्रदेश १ मा बादल समूहको उपस्थिति दह्रो थियो । प्रदेश १ उपसभामुख सरस्वती पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल), मोहन खड्का र उमिता विश्वकर्मा बादल निकट हुन् । उनीहरु अहिले प्रचण्ड– माधव समूहमा छन् ।

‘हिजो आफैले बनाएको संविधानलाई कुल्चिने प्रयत्न गर्नुभयो ।’ सांसद् विश्वकर्मा भन्छिन् ‘बादलले प्रतिगामी कदमलाई साथ दिनुभयो ।’

बादल इमान्दार नेता भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई समर्थन गरेर प्रतिगमनमा लागेको गुनासो गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरी संविधान माथि धावा बोल्दा ओलीलाई नै साथ दिनु गलत भएको उनले बताइन् ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा कुनै औपचारिक प्रतिक्रिया नजनाएका बादलले पछिल्लो समय प्रचण्डले आफूलाई स्पेस नदिएका कारण ओली पक्षमा लागेको उनी निकट नेताहरुले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?