+
+
Shares

अब छिट्टै वालुवाटारमा हाम्रो प्रधानमन्त्री हुनेछ : योगेश भट्टराई

सदनको बैठक राख्न सभामुखलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १६:०७

१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले अब छिट्टै आफूहरुको समूहबाट प्रधानमन्त्री चयन हुने बताएका छन् ।

प्रचण्ड–नेपाल समूहका नेताहरुको अगुवाईमा माइतीघरदेखि निर्वाचन आयोगसम्म भएको प्रदर्शनका क्रममा सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘अब छिट्टै नै वालुवाटारमा प्रधानमन्त्री हाम्रो हुँदैछ ।’

आफूहरु सडकमा आइसकेको भन्दै उनले संसद पुनर्स्थापना घोषणा नहुँदासम्म र वालुवाटारमा हामीले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक छाड्ने छैनौं ।’

‘सभामुखजी सदनको बैठक राख्नुस्’

नेता भट्टराईले संसदको बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरे । उनले दुई तिहाई सांसद संसद विघटनको विपक्षमा रहेको भन्दै जनमतलाई हेरेर सदन बोलाउने निर्णय लिन सभामुखलाई सुझाव दिएका हुन् ।

‘सभामुखजीलाई भन्न चाहन्छौं कि प्रतिनिधिसभा ज्युँदै छ । तपाईंले प्रतिनिधि सभाको बैठक राख्नुस् दुई तिहाई सांसद तपाईंले बोलाएको प्रतिनिधि सभाको बैठकमा आउन तयार छन् र त्यो जे निर्णय गर्नुपर्छ प्रतिनिधि सभाले गर्छ’ नेता भट्टराईले भने ।

अदालत र निर्वाचन आयोगलाई खबरदारी

नेता भट्टराईले प्रतिनिधिसभा विघटनको विषयमा निर्णय लिँदा संविधान र कानुनको साथसाथै जनमतको ख्याल गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।

‘सम्माननीय न्यायाधीशज्यूलाई भनेका छौं, ‘संसद विघटन गर्न पाईंदैन । प्रतिनिधि सभाको पुनर्स्थापना हुनैपर्छ भनेर हामीले माइतीघरबाट न्यायाधीशहरुलाई भनेका छौं ।’
यसैगरी, नेकपा पार्टीको वैधानिकताका सन्दर्भमा निर्णय लिँदा पनि निर्वाचन आयोगले कानुनी व्यवस्थाको ख्याल गर्न उनको आग्रह छ ।

‘नेपाल कम्युनिस्ट पार्टीका बहुमत केन्द्रीय सदस्यहरु हामी हौं भन्दै छातीमा लेखेर ल्याएका छौं’ भट्टराईले भने, ‘निर्वाचन आयोग संवैधानिक आयोग हो । हामी आयोगलाई भन्दैछौं, ‘नेपाल कम्युनिस्ट पार्टी नेकपा अब वालुवाटारको नेकपा होइन । यो सडकको नेकपा हो ।’

उनले हसिया हथौडाको झण्डा, यो सूर्य चिह्नको झण्डा आफूहरुको रहेको भन्दै यसलाई तलमाथि नगर्न आग्रह गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?