Comments Add Comment

सन्दीपले लिए पूर्व क्लब मेलवर्न स्टार्सको २ विकेट

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्टको डेब्यू खेलमै २ विकेट लिएका छन् । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल)मा शनिबार होबार्टले मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दा सन्दीपले २ विकेट लिएका हुन् ।

उनले पूर्व क्लब मेलबर्नका हिल्टन कार्टराइट र बेन डंकको विकेट लिएका हुन् ।४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिएका थिए ।

होबार्टको जितमा डेविड मालान र स्कट बोलाण्डले उत्कृष्ट प्रदर्शन गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले मालानको ७५ रन मद्दतमा ६ विकेट गुमाएर १६४ रन बनायो । जवाफमा स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाएपनि हार टार्न सकेनन् ।

होबार्टका लागि बलिङमा बोल्याण्डले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सन्दीप र नाथन एलिसले समान २-२ विकेट लिए ।

जितपछि ७ खेलबाट १८ अंक जोड्दै होबार्ट दोस्रो स्थानमा उक्लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment