
नायिका पूजा शर्मा १० महिनापछि चलचित्रको छायांकन सेटमा फर्किइन् । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रचारमा रहेको समयमा कोरोना महामारी फैलिएपछि पूजा करिब ६ महिना घरमै थिइन् । उनले लकडाउन सकिएपछि केही म्यूजिक भिडियोमा पनि काम गरिन् । तर, चलचित्रको छायांकनमा फर्किन पाउँदा फरक अनुभुती भएको पूजाको तर्क छ ।
चलचित्र ‘मनसँग मन’को एउटा गीतमा अतिथी भूमिकामा देखिएकी पूजाले भनिन्–‘यो गीतमा काम गर्न पाउँदा पनि खुशी लागेको छ । गीत राम्रो छ र दर्शकले मेरो गेटअपमा पनि परिवर्तन पाउनुहुनेछ । भिडियोमा दार्जिलिङको परिवेश देखाउन खोजिएको छ ।’
पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ चाडै नै रिलिज गर्ने बताउँदै दर्शकलाई प्रतिक्षा गर्न आग्रह गर्छिन् । लकडाउनको समयमा विवादमा परेकी पूजा दर्शकलाई आफ्नो कामको मुल्यांकन गरिदिन आग्रह गर्छिन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4