Comments Add Comment

तेक्वान्दो राष्ट्रिय टिमको प्रशिक्षण सुरु

२० पुस, काठमाडौं । नेपाल तेक्वान्दो संघले आइतबारदेखि तेक्वान्दोका राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण सुरु गरेको छ । सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रीय कार्यालयस्थित हलमा प्रशिक्षण सुरु भएको संघले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण केही समयका लागि केन्द्रिकृत रुपमा रोकिएको तालिमलाई निरन्तरता दिने उद्देश्यले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेको संघले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

‘यसअघि सबै खेलाडीहरुलाई स्वास्थ्य सावधानी अपनाउँदै आ-आफ्नो स्थानमा प्रशिक्षणलाई कायम राख्न निर्देशन गरिएको थियो । कोभिड-१९ को कारण नेपाल सरकारद्वारा जारी गरेको बन्दाबन्दी निषेधाज्ञा लगायतका सावधानीलाई पालना गर्दै रोकिएको विशेष प्रशिक्षणलाई स्वास्थय परिस्थिति र सम्भावित सहज अवस्थालाई प्राथमिकतामा राखी सञ्चालन गरिउको छ’ विज्ञप्तिमा भनिएको छ ।

आइतबारदेखि संचालन गरिएको प्रशिक्षणमा दुई सातापछि विभागीय टिमलगायत अन्य खेलाडीलाई समेत समावेश गरी स्वास्थ्य सावधानी अपनाउँदै ग्योरोगी र तथा पुम्से विधाको प्रशिक्षणलाई तिव्रता दिने संघले जनाएको छ ।

संघको केन्द्रीय कार्यालयस्थित प्रशिक्षण हलमा संचालित प्रशिक्षण हाल दैनिक बिहान एक पटक हुँदै आएको संघले जनाएको छ ।

पारा राष्ट्रिय तेक्वान्दो टिमको प्रशिक्षण पनि पुस २१ गतेदेखि संचालन गरिने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment