Comments Add Comment

आठौं माउन्टेन स्पोर्ट्स फेस्टिभल फागुनमा हुने

२० पुस, काठमाडौं । आठौं माउन्टेन स्पोर्ट्स फेस्टिभल (पर्वतीय खेलकुद महोत्सव) फागुन तेस्रो सातामा हुने भएको छ । माउन्टेन स्पोर्ट्स फेडेरेशनले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव फागुन २० गते (२०२१ मार्च)बाट फेस्टिभल सुरु हुने जानकारी गराएको हो ।

गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवमा विभिन्न १५ खेलको प्रतियोगिता हुने फेडेरेशनले जनाएको छ । जसमा परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्रायथलन, गल्फ, स्केट वोर्डिङ लगाएतका १५ खेलहरु समावेश हुनेछ ।

महोत्सवका लागि सम्बन्धित खेल संघका प्रतिनिधि सम्मिलित १७ सदस्यिय व्यवस्थापन समिती गठनसमेत गरिएको छ ।

यस्तै फेडेरेशनका प्रदेश संयोजक समेत रहेका गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट सहितको ६ सदस्यिय सचिवलायको कार्यदल गठन गरिएको छ । जसको सदस्यमा लक्की क्षेत्री, वसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहेका छन् ।

यस फेस्टिभलले कोभिड१९ ले को प्रभावित बनेको पर्यटन क्षेत्रलाई अघि वढाउन थप सहयोग पुग्ने र माउन्टेन स्पोर्ट्स गेमलाई सुरुआत गर्न मद्धत पुग्ने विश्वास रहेको आयोजकले जनाएको छ ।

फेस्टिभल आयोजनाका लागि १ करोड ८८ लाख अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ । उक्त रकम राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र प्रायोजक संस्थाहरुवाट सहयोग प्राप्त हुने फेडेरेसनले जनाएको छ ।

नेपालमा परम्परागत, साहसिक र पर्यटकीय खेलकुदको माध्यमबाट दिगो पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले २०१३ मा माउण्टेन स्पोर्ट्स फेडेरेसन स्थापना भएको थियो र सोही वर्षदेखि यो फेस्टिभल आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment