Comments Add Comment

चार्ल्स एलेना सिजनको बाँकी समय गेटाफेबाट लोनमा खेल्ने

२२ पुस, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका चार्ल्स एलेनाले यस सिजनको बाँकी खेल गेटाफेबाट लोनमा खेल्ने भएका छन् । बार्सिलोनाबाट लोनमा गएपछि उनले २०२०/२१ को बाँकी ५ महिना गेटाफेबाट खेल्ने भएका हुन् ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले सिजनको सुरुमै २३ वर्षीय मिडफिल्डरलाई उनले धेरै मिनेट खेल्न नपाउने बताएका थिए ।

क्याटलान एलेनाले बार्सिलोनामै आफ्नो स्थानमा लागि प्रतिस्पर्धा गर्न चाहेका थिए तर आफ्नो खेलको विकासका लागि उनले सही निर्णय छाने र लोनमै रोजे ।

गत सिजन उनले रियल बेटिसबाट लोनमा खेलेका थिए जतिखेर उनलाई गेटाफेले पनि चाहेको थिए ।

गेटाफेका म्यानेजर जोस बोर्डालास एलेनाको ठूलो फ्यान हुन् र उनले आफ्नो मन पर्ने मानिस सिजनको बाँकी समयका लागि पाएका छन् ।

गेटाफेका एलेनाले अब ला मासियाका पूर्व टिममेट मार्क कुरेलासंगै खेल्नेछन् । कुकुरेलाले अजुलोन्सबाट गेटाफे गएपछि राम्रो खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment