+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउनेहरु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १७:१९

२४ पुस, धनगढी । ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए ।

उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको एसपी अनुपशम्शेर जबराले पुष्टि गरे । उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुस् 

निर्मला हत्या प्रकरण : कारबाहीमा परेका प्रहरी काममा फर्किए, अनुसन्धान अन्यौलमै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?