Comments Add Comment

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको नयाँ पदाधिकारी चयन

२५ पुस, काठमाडौं । ट्रान्सरेन्सी इन्टरनेसनल (टीआई) नेपालले आफ्नो नयाँ पदाधिकारी चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा बुद्धिनारायण श्रेष्ठ, महासचिवमा मुकुन्दबहादुर प्रधान र कोषाध्यक्षमा किरण थापालाई चयन गरेको हो ।

यस्तै, महासचिव प्रधानलाई प्रवक्ता र कार्यसमिति सदस्य कृष्ण ज्ञवालीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले जानकारी दिए ।

२० पुसमा सम्पन्न साधारणसभाबाट प्रधानाङ्गलाई अध्यक्ष निर्वाचित गरेको थियो । यस्तै, सदस्यहरूमा डा. सागरराज शर्मा, सुरेन्द्रवीर मालाकार÷राष्ट्रिय व्यावसायिक पहल, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ र मदनकृष्ण शर्मा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment