
नायिका जाहन्वी कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘जैरी नम्बर १’को छायांकन सुरु भएको छ । तर, छायांकन सुरु हुनु अगाडि चलचित्रको यूनिटले किसानहरुको विरोधको सामना गर्नुपरेको छ ।
बलिउड कलाकारहरुले किसानको पक्षमा नबोलेको भन्दै किसानहरुले चलचित्र छायांकन गर्न नदिने अडान लिएका थिए । नायिका जाहन्वी कपुर पनि चलचित्रको छायांकनका लागि पंजाव पुगेकी थिइन् ।
उनले सामाजिक संजालमा किसानको पक्षमा स्टाटस लेखेपछि मात्र छायांकन सुरु भएको हो ।
किसान आन्दोलनसँग जोडिएका यूवाहरु छायांकन स्थलमा पुगेर बलिउड कलाकारको विरोधमा नारा लगाएका थिए । यूवा नेताहरुले पंजाबका कलाकारले किसानको साथ दिएपनि बलिउड कलाकारले साथ नदिएको भन्दै विरोध जनाएका थिए । चलचित्रका कलाकारले किसानको समर्थन नगरेसम्म विरोध कार्यक्रम नरोक्ने अड्डी यूवा नेताहरुले लिएका थिए ।
लामो समयदेखि आन्दोलन गरिरहेका किसानहरुको पक्षमा बलिउडका कलाकारले आवाज उठाएका छैनन् ।
प्रतिक्रिया 4