Comments Add Comment

संसद विघटनको विरोधमा दाँत माझेर प्रदर्शन

२८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विवेकशील पार्टीले काठमाडौंको माइतीघर मण्डलमा दाँत माझेर प्रदर्शन गरेको छ ।

‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका विवेकशील पार्टीका कार्यकर्ताले संसद विघटनको विरोधमा म‌गलबार दाँत माझेर प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि विवेकशीलले रचनात्मक शैलीमा फरक फरक तरिकाबाट विरोध प्रदर्शन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment