
२८ पुस, काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ ।
एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म पोखरामा सम्पन्न हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो ।
पोखरामा हुने यस प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने छ ।
खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक एनसेल प्रमुख प्रायोजक रहेको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब दुई सय पाहुना सम्मिलित हुनेछन् । पोखराका प्रतिष्ठित उद्यमी, व्यवसायी तथा गण्यमान्य गरी करिब तीन सय पाहुना गल्फको पुरस्कार वितरण समारोहमा विशेष आमन्त्रित हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, र्याफि्टङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको छ । ‘एनसेल बाह्रखरी गल्फ’ प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ ।
मंगलबार पोखरामा भएको पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले संसारभरका ठूला व्यक्तिहरुलाई नेपालप्रतिको आकर्षण बढाउनका लागि पनि प्रतियोगिता पोखरामा आयोजना गरिएको जानकारी गराए ।
बाह्रखरी मिडिया प्रतियोगिताको प्रमुख आयोजक रहेको प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी गराए ।
प्रतिक्रिया 4