Comments Add Comment

६७ वर्षपछि अमेरिकामा महिलालाई दिइयो मृत्युदण्ड

Photo Credit : REUTERS

२९ पुस, काठमाडौं । अमेरिकामा ६७ वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइएको छ । बुधबार अमेरिकाको इन्डियानामा ५२ वर्षीया लिसा मोन्टगोमरीलाई विषको इन्जेक्सन लगाई मृत्युदण्ड दिइएको हो । सन् २००७ मा उनी एक ‘जघन्य अपराध’को मामिलामा दोषी पाइएकी थिइन् । यो मामिलामा केन्द्रीय अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

मोन्टगोमरीले यसअघि सर्वोच्च अदालतमा मृत्युदण्डमा रोक लगाउनको लागि याचिका दायर गरेकी थिइन् । तर, अदालतले उनको याचिका खारेज गरिदिएको थियो । मोन्टगोमरीका वकिलले अदालतले उनको मानसिक स्वास्थ्य ठीक नरहेको भन्दै बचाउको प्रयास गरेका थिए । साथै उनले बाल्यकालमा उनीमाथि भएको दुर्व्यवहारको कारण पनि उनको अवस्था सही नरहेको बताएका थिए । प्रत्यक्षदर्शीका अनुसार मृत्युदण्ड दिइनुभन्दा पहिला मोन्टगोमरलाई अन्तिम इच्छा सोधिएको थियो । जसमा उनले आफ्नो अन्तिम इच्छा केही नरहेको बताएकी थिइन् ।

मोन्टगोमरीका वकिलले मृत्युदण्ड दिइएपछि महिलालाई न्याय नमिलेको बताएका छन् । मोन्टगोमरीको मृत्युदण्ड कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण दुईपटक रोकिएको थियो । मोन्टगोमरीले सन् २००४ मा मिसौरीकी एक गर्भवती महिलाको हत्या गरेर गरी उनको पेट चिरेर बच्चा अपहरण गरेकी थिइन् ।

मोन्टगोमरीलाई भन्दा पहिला सन् १९५३ मा अमेरिकामा यस्तो सजाय दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment