Comments Add Comment

फिल फोडेनको निर्णायक गोलमा म्यानचेष्टर सिटी तेस्रो स्थानमा

१ माघ, काठमाडौं । फिल फोडेनको निर्णायक गोलमा म्यानचेष्टर सिटी ब्राइटनलाई पराजित गर्दै प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ । गएराती भएको खेलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो ।

सिटीको लागि ४४औं मिनेटमा फोडेनले केभिन डे ब्रुएनाको पासमा गोल गरेका थिए । इन्जुरी टाइममा सिटीले पेनाल्टी प्राप्त गरेपनि रहिम स्टर्लिङको प्रहार पोष्ट बाहिर गएको थियो ।

जितपछि १६ खेलबाट ३२ अंक जोड्दै सिटी तेस्रो स्थानमा उक्लेको छ र उपाधि होडमा सामेल छ । १७ खेल खेलिसकेको म्यानचेष्टर युनाइटेड ३६ अंकसहित शीर्ष स्थानमा छ भने १७ खेलबाटै ३३ अंक रहेको लिभरपुल दोस्रो स्थानमा छ ।

ब्राइटन १८ खेलबाट १४ अंकसहित १७औं स्थानमा छ ।

यस्तै लिगकै अर्को खेलमा टोटनहमले फुलहमसंग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा ह्यारी केनले २५औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर ७४औं मिनेटमा इभान काभालेरिओले फुलहमको लागि बराबरी गोल फर्काए ।

१७ खेलबाट ३० अंक जोडेको टोटनहम छैटौं स्थानमै यथावत रहेको छ

१६ खेलबाट १२ अंक रहेको फुलहम रेलिगेसन जोन अर्थात १८औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment