+
+

जिपमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते १५:३८

२ माघ, काठमाडौं । झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

झापाको बुद्धशान्तिगाँउपालिका-४ बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको जिपको पछाडि मे. ७ प. ९४६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ का २१ वर्षीय कमल चौधरी र मोटरसाइकलको पछाडी सवार १८ वर्षीया हेमा महत रहेका छन् ।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि बीएण्डसी हस्पिटल विर्तामोड पठाइएकोमा चलक कमलको बाटोमै मृत्यु भएको हो भने हेमाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिप चालक बुद्धशान्ति गाँउपालिका-७ का २६ वर्षीय संजय गदाल हाल फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?