Comments Add Comment

पीएम कप क्रिकेट : टस हारेर बागमतीविरुद्ध ब्याटिङ गर्दै पुलिस

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने समूह्य बी को खेलमा साविक विजेता नेपाल पुलिसले बागमती प्रदेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

बागमतीले टस जितेर फिल्डिङ रोजेपछि पुलिसले पहिले ब्याटिङ गर्ने भएको हो । मन्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसमा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी, ललित राजवंशीदेखि पवन सर्राफ, रसिद खान, अनिल शाह, दिलिप नाथ, कुशल भुर्तेल, सागर ढकाल जस्ता खेलाडीहरु छन् ।

उता राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमतीमा पारस खड्का, इशान पाण्डे, पृथु बास्कोटा जस्ता खेलाडी छन् ।

यस्तै आजदेखि मुलपानी क्रिकेट मैदानमा पनि खेलहरु हुँदैछन् । जसमा समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मीले कर्णाली प्रदेशविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment